राजगञ्ज: टिस्टा क्यानल जो फुलबारीमा स्थित छ त्यसैमा हाम फालेर एउटी युवतीले आत्महत्याको प्रयास गरिन्।स्थानीय युवकहरूले तत्कालै तिनको प्राण बचाए।यो घटना गत राति सिलगढी संलग्न फुलबारी टिस्टा क्यानलमा घटेको हो। प्राप्त जानकारी अनुसार फुलबारी १ नम्बर ग्राम पञ्चायतको श्रीनगर कोलनी निवासी उक्त युवतीले प्रेममा धोका पाएपछि टिस्टा क्यानलमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको थाहा लागेको छ। फुलबारी मर्डरमोड इलाकाको टिस्टा क्यानलमा युवती पानीमा तैरिरहेको इलाकाका केही युवकहरूले देखेपछि तत्कालै नदीमा ओर्लेर उक्त युवतीलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगेको बताइएको छ।