झापामा खोलाले बगाएकी नेहारिका २ दिन पछी मृत फेला

IMG-20240930-WA0088

भद्रपुर :झापा जिल्लाको कचनकवल गाउँपालिकामा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुना खोलाले साइकलसहित बगाएपछि दुई दिनसम्म खोजी गर्दा उनको शब करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँ नजिकै धानबारीमा भेटिएको छ।उनी आफ्नी सानिमाको घर बिहारमा पाहुना खाएर फर्कने क्रममा चमारभिट्टा पुल नजिक पुगेपछि जमुना खोलाले उनी र उनको साइकललाई बगाएको थियो। साइकल भने घटनास्थलमै फेला परेको भए पनि बालिका बेपत्ता थिइन्। खोजी अभियानपछि आइतबार उनको शव फेला परेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement