मृत्यु हुनेका परिवारलाई कोशी सरकारले १ लाख दिने

IMG-20240930-WA0091

भद्रपुर: अविरल वर्षापछिको मनसुनजन्य विपत्‌बाट ज्यान गुमाएकाका परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
पूर्ण घर क्षति भएका परिवारलाई ५० हजार रुपैयाँ, आंशिक क्षति पुगेका घरका परिवारलाई ३० हजार रुपैयाँ र सामान्य क्षति पुगेका परिवारलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।कोशी प्रदेशमा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। मृत्यु हुनेहरूमा पाँचथरका ५, सोलुखुम्बुका ५, धनकुटाका २, उदयपुरका १ झापाका २ र इलामका १ जना छन्।
बेपत्ता हुनेमा पाँचथरका ५, झापाका १ र मोरङका १ जना छन्। कोशी प्रदेशमा ३९ वटा घरमा पूर्ण क्षति पुगेको छ भने ५८ वटा घरमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement