लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलको जारी सीजनमा म्यानचेष्टर युनाइटेडको खराब फर्म जारी रह्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले टोटनह्याम हट्स्परविरुद्ध ०-३-ले हारको सामना गर्नु पऱ्यो। प्रीमियर लीगको जारी सीजनमा ६ वटा म्याचमा युनाइटेडको यो तेस्रो हार हो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडले निराशाजनक प्रदर्शनको साथ आफ्ना प्रशंसकहरूलाई निराश गऱ्यो। यसबाहेक स्टार फरवर्ड ब्रूनो फर्नाण्डेजले ४२औं मिनटमा रेड कार्ड देख्दा होम टीमले अधिकांश समय नै १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। म्याचमा टोटनह्यामबाट ब्रेनान जनसनले तेस्रो, डेजान कुलुसेवस्कीले ४७औं र डोमिनिक सोलांकेले ७७औं मिनटमा गोल गरे। यस जीतपछि टोटनह्याम ६ वटा म्याचमा १० पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको आठौं स्थानमा पुग्यो। यसरी युनाइटेड चाहिँ ७ पोइण्ट्सको साथ झरेर १२औं स्थानमा रहन पुग्यो। यसबाहेक एस्टन भिल्ला र इप्सविच सिटीबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।