सिन्कोना वरियर्स च्याम्पियन

IMG-20240930-WA0105

लाटपञ्चर: सगरमाथा युथ क्लब, ७२ धुरा (लाटपञ्चर)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिन्कोना वरियर्स च्याम्पियन भयो। स्थानीय खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा सिन्कोना वरियर्सले कालीझोड़ा फूटबल क्लबविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलको अवसरमा सिटोंग डान्स एकाडमी, माउण्ट जिओन स्कूल र हिमाली समाजको तर्फबाट नृत्य पेश गरियो। यसरी देविका पाख्रिन र सन्तोषी राईले आफ्नो कार्यक्रम प्रस्तुत गरिन्।
संक्षिप्तमाः
च्याम्पियनः सिन्कोना वरियर्स
रनरअप्ः कालीझोड़ा एफसी
प्लेयर अव् द म्याचः अनिकेत राई (सिन्कोना वरियर्स)
हाईएस्ट स्कोररः अनिकेत राई (सिन्कोना वरियर्स)
बेस्ट गोलकीपरः सुरज खम्बु (सिन्कोना वरियर्स)
प्लेयर अव् द टुर्नामेण्टः पूजन लेप्चा (कालीझोड़ा एफसी)
फेयर प्ले ट्रफीः मेनहुड एफसी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement