भद्रपुर :तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ ।विराटनगर-१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो ।