बढापाथिङ र आहोमा पैह्रौले व्यापक क्षति

IMG-20240929-WA0292

गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको भारी वर्षाको कारण राज्यको विभिन्न ठाउँमा व्यापकरूपमा क्षति पुऱ्याएको छ। यसै क्रममा पाकिम जिल्लाअन्तर्गत बढापाथिङ र आहो क्षेत्रमा पनि धेरै क्षति पुगेको जानकारी प्राप्त भएको छ। निरन्तर परेको पानीको कारण विभिन्न स्थानमा पैह्रौ गएपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको बताइएको छ। भविष्यमा फेरि यस्तो अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकार साथै पाकिम जिल्ला प्रशासनले यस प्रकारको घटनालाई कम गराउने प्रयासमा योजना बनाइरहेको छ।
यसरी जताततै गएको पैह्रौले सडकको अवस्थालाई सोचनीय बनाएपछि यातायातमा पनि केही स्थानहरूमा अवरोध उत्पन्न गरेको छ। क्षेत्रमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत निर्माण गरिएको सडक चन्दु पुलदेखि छेत्री गाउँबीचसम्म पुग्ने सडक ध्वस्त बनाएको छ। भत्किएका सडकहरू पुनर्स्थापित गर्न प्रशासनले कोशिष गरिरहेको छ भने कतिपय सडकहरू खाली गरिएको छ। मौसमको अवस्थालाई ध्यानमा राख्दै स्थानीय अधिकारीहरू र लाइन विभागका अधिकारीहरूले यी चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहकार्य गरिरहेका छन्। मौसम पूर्वानुमान र सल्लाह सम्बन्धी समयमै बासिन्दाहरूलाई सूचित गरिन्दै आइरहेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement