अप्पर स्यारी युनाइटेड वेल्फेयर एसोसिएशनद्वारा अभिनन्दन कार्यक्रम

IMG-20240929-WA0291

गान्तोक: अप्पर स्यारी युनाइटेड वेल्फेयर एसोसिएशनको पहलमा आज एउटा अभिनन्दन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा ग्रामीण विकास एवं सहकारी मन्त्री अरुण उप्रेती उपस्थित थिए। यसैगरी क्षेत्र विधायक तेन्जिङ नोर्बु लाम्टा लगायत अन्य गन्यमान्य व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा सामुदायिक केन्द्र निर्माण भएकामा सङ्घको पक्षद्वारा मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरियो। सामुदायिक केन्द्रको निर्माणलाई वास्तविकतामा पुर्यातउन दिएको योगदानको कदर गर्दै मन्त्री अरुण कुमार उप्रेती र क्षेत्र विधायक तेन्जिङ नोर्बु लाम्लाटाई पनि सङ्घको पक्षबाट सम्मान जनाइयो। यसरी नै कार्यक्रममा स्यारी क्षेत्रका जेष्ठ नागरिकहरुको अमूल्य योगदानको कदर गर्दै सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अरूण उप्रेतीले सङ्घको यस पहलको सराहना गर्दै आज अभिनन्दित सबै व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना दिए। कार्यक्रमलाई विशिष्ट विधायक तेन्जिङ नोर्बु लाम्टाले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement