कराची: पूर्व पाकिस्तानी क्रिकेटर मोहम्मद युसूफले व्यक्तिगत कारणहरूले गर्दा राष्ट्रिय सीनियर पुरुष क्रिकेट टीमको चयनकर्ता पद छोड़ेका छन्। युसूफ त्यस चयन समितिको हिस्सा थिए, जसले आईसीसी पुरुष टी२० वर्ल्ड कपको निम्ति टीमको चयन गरेको थियो अनि पाकिस्तान ग्रुप चरणमै बाहिर भएको थियो। जुलाईमा उनलाई असद शफीकको साथ पदमा कायम राखिएको थियो। शान मसूदको कप्तानीमा रहने पाकिस्तानी टीमले हालै दुईवटा म्याचको घरेलु टेस्ट सीरीजमा बंग्लादेशविरुद्ध ०-२-ले हारको सामना गर्नु परेको थियो। त्यसपछि युसूफले पद छोड़्ने फसेला गरे। युसूफले ईंग्ल्याण्डविरुद्ध घरेलु सीरीजको पहिलो टेस्ट म्याचको निम्ति पनि टीमको चयन गरे, जुन ७ अक्टोबरदेखि शुरु हुनेछ। युसूफले सोशल मीडिया लेखेका छन्, म व्यक्तिगत कारणहरूले गर्दा पाकिस्तान क्रिकेट टीमको चयनकर्ता पदबाट राजीनामाको घोषणा गर्दछु। यस अविश्वसनीय टीमको सेवा गर्नु मेरो निम्ति ठूलो सम्मान रह्यो। मलाई पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान दिएकोमा गर्व छ। म टीमलाई आउँदो म्याचहरूका निम्ति शुभकामना दिन चाहन्छु। पाकिस्तान अहिले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०२३-२५ चक्रमा सातवटा टेस्ट म्याचमा दुईवटा जीतको साथ आठौं स्थानमा रहेको छ।