ईनिंग्स र १५४ रनले दोस्रो टेस्ट जितेर सीरीज क्लीन स्वीप गऱ्यो श्रीलंकाले

IMG-20240929-WA0301

गाल: श्रीलंकाले आइतवार यहाँ दोस्रो अनि अन्तिम टेस्ट म्याचमा न्यूजील्याण्डलाई चौथो दिन नै ईनिंग्स र १५४ रनले पराजित गऱ्यो । यस जीतको साथै श्रीलंकाले दुईवटा टेस्ट म्याचको सीरीज पनि २-० ले क्लीन स्वीप गऱ्यो। यो श्रीलंकाको गत १५ सालमा न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट सीरीज जीत हो। श्रीलंकाको यस सफलतामा देब्रे हातका स्पिनर प्रबाथ जयसूर्याको महत्त्वपूर्ण भूमिका रह्यो, जसले सीरीजमा १८ विकेट हासिल गरे। उनलाई प्लेयर अव् द सीरीज चयन गरियो। यसरी पहिलो ईनिंग्समा अविजित १८२ रन बनाउने कामिन्दु मेण्डिसले प्लेयर अव् द म्याचको पुरस्कार जिते। म्याचमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५ विकेटमा ६०२ रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि न्यूजील्याण्ड केवल ८८ रनमा अलआउट हुँदा आयोजक टीमलाई पहिलो इनिंग्सको आधारमा ५१४ रनको बढ़त हासिल भएको थियो। श्रीलंकाले फलोअन् गर्न लगाएपछि न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा सक्दो प्रयास गरे पनि ३६० रन मात्र बनाउन सक्यो। तेस्रो दिनको स्कोर ५ विकेटमा १९९ रनदेखि अघि खेल्दै न्यूजील्याण्डले आज १६१ रन जोड़ेर रहल ५ वटा विकेट गुमायो। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा चारजनाले अर्द्धशतक बनाए।

यसमा ग्लेन फिलिप्सले ७८, अलराउण्डर मिचेल सेण्टनर ६७, डेवोन कन्वेले ६१ र टम ब्लण्डेलले ६० रन बनाए। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा श्रीलंकाई बलरहरूमा निशान पेइरिसले सर्वाधिक ६ विकेट लिए। यसबाहेक जयसूर्याले ३ विकेट हासिल गरे। यसअघि श्रीलंकाले सीरीजको पहिलो टेस्टमा ६३ रनले जीत हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement