नयाँ दिल्ली: भाजपा नेता तथा टिकटक स्टार सोनाली फोगाटको गोवामा निधन भएको छ। ४२ वर्षीया सोनालीको हृदयघातका कारण मृत्यु भएको गोवा पुलिसले मङ्गलबार जनाएको छ। तर, सोनाली फोगाटकी बहिनीले उनको मृत्युलाई षड्यन्त्र भनेकी छिन्। सोनाली फोगटकी बहिनीले सोनाली फोगाटले सोमबार बिहान आफ्नी आमासँग कुरा गरेको बताएकी छन्। सो क्रममा सोनालीले आफ्नी आमालाई मलाई केही गडबड लागेको बताइन्। ‘मेरो विरुद्ध षड्यन्त्र भइरहेको देखिन्छ’, सोनालीकी बहिनीले एक दिनअघि नै कुराकानी भएको बताइन्। सो क्रममा सोनाली फोगाटले आफू ठिक रहेको बताएकी थिइन्। ‘सुटिङ गर्न जाँदैछिन्’, भनेर उनले २७ अगस्तमा फर्किने बताएकी थिइन् भन्ने कुरा उनले गरेकी छिन्। उनले भनिन्, ‘सोमबार बिहान यस्तो हुँदा आमासँग कुरा भयो। सो क्रममा सोनालीले आमालाई खाना खाएपछि शरिरमा केही हलचल भइरहेको र खानामा केही गडबड भएको बताउँदै कसैले षड्यन्त्र गरिरहेको बताइन्l’
सोनाली फोगाटलाई असहजताको गुनासो गरेपछि उत्तरी गोवा जिल्लाको अन्जुनास्थित सेन्ट एन्थोनी अस्पतालमा ल्याइएको थियो। गोवाका डीजीपी जसपाल सिंहले पनि फोगाट अञ्जुनाको ‘कर्लिज’ रेस्टुरेन्टमा थिइन जब उनले असहजताको गुनासो गरेकी थिइन्। त्यसपछि उनलाई अस्पताल ल्याइएको थियो। तर, यसमा कुनै गल्ती नभएको उनले बताए। उनले सोनाली फोगाटको शरीरमा कुनै किसिमको चोटपटकको निशान नभेटिएको बताए। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उनले बताए। सोही क्रममा डेपुटी एसपी जीवबा दलवीले अस्पतालमा मृतक ल्याइएको बताए। उनले प्रारम्भिक अनुसन्धानमा हृदयघातका कारण मृत्यु भएको बताए।