खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङ र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा खरसाङ बजार क्षेत्रमा डेंगु सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङ बजार क्षेत्रमा डेंगु सतर्कताको लागि सूचना अनि सांस्कृतिक विभागको लोक प्रसार प्रकल्पका कलाकारहरूले आफ्नो प्रस्तुति दिएकचर मानिसहरूलाई डेंगुमाथि सतर्क रहनलाई सचेत गराउने कार्य सम्पन्न गरेका छन्। लोक प्रसार प्रकल्पका कलाकारहरूले खरसाङ बजारको टुरिस्ट लज, अस्पताल मोड़, रेलवे स्टेशन, बजारको पुलिस आउट पोष्ट परिसरबाट मानिसहरूलाई डेंगुबाट सतर्कता अप्नाउन सचेत गराएका छन्। कलाकारहरूले विभिन्न समयमा विभिन्न स्थानहरूबाट डेंगु रोगबाट बाँच्ने उपायहरू साथै डेंगुबाट सचेत रहन मानिसहरूलाई अपिल गरेका छन्। उक्त सचेतना कार्यमा डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद र निमा तेञ्जी शेर्पा र सूचना अनि सांस्कृतिक विभागको प्रतिनिधिहरू उपस्थित रहेका थिए। त्यसरी नै खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधान र अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त डेंगु सतर्कता अभियान कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारमा डेंगु सतर्कताको लागि सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा जागरुकता अभियान विभिन्न स्थानहरूमा जारी रहेको बताएका छन्। उनले लोक प्रसार प्रकल्पका कलाकारहरूद्वारा खरसाङ बजारको विभिन्न स्थानहरूमा मानिसहरूलाई डेंगु रोग विषयमा सचेतना गराएको बताएका छन्। उनले डेंगु रोग मानिसहरूको लागि घातक रोग रहेको र यसबाट बाँच्ने उपायहरू विषयमा सचेतना गराउनलाई सयुंक्त रूपमा अभियान चलाइएको जानकारी गराएका छन्।

भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाले मानिसहरूका लागि नाला झोड़ाहरू सफा गर्ने कार्य गरिरहेको र नाली झोड़ाहरूतिर मैला पानीहरू र अन्य मैलाहरू नफ्याँकिदिने अनुरोध गर्दै मैला पानी जमेको ठाउँबाट नै डेंगु उत्पन्न हुने जानकारी गराएका छन्। उनले मानिसहरू डेंगुबाट मानिसहरू सचेत हुनपर्छ भनी बताएका छन्।