सिलगढी: सिलगढी यसका छेउछाउका क्षेत्रका सयौं चिया बगान मजदुरहरूले आज सिलगढीको श्रमिक भवनमा २० प्रतिशत बोनसको माग गर्दै विरोध प्रदर्शन गरे। उनीहरुको मुख्य माग बोनस रहेको छl बोनसको माग गर्दै सिलगढीको श्रमिक भवन अगाडि पहाडी मजदुर संगठन समन्वय फोरम दार्जिलिङको ब्यानरमा सयौं मजदुरले विरोध प्रदर्शन गरे। यस प्रदर्शनमा हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड पनि उपस्थित थिए। प्रदर्शनकारीहरुले आफ्ना माग पूरा नभए ठूलै आन्दोलन गर्ने चेतावनी दिएका छन्।