राज्यका मुख्य सचिव मनोज पन्तद्वारा टिस्टा नदीमा बनेको गजलडोबा ब्यारेजको अवलोकन

IMG-20240929-WA0248

सिलगढी: २०२३ मा उत्तर सिक्किममा हिमनदीको प्रकोपको कारणले गर्दा टिस्टा ब्यारेजलाई ठूलो क्षति पुगेको थियोl पहाडबाट आएको सिल्टले टिस्टा नदीको गहिराई घटाएको थियो र ठूलो बाढीको प्रभावबाट ब्यारेजलाई क्षति पुगेको थियो। यस अघि केन्द्र सरकारको ब्रह्मपुत्र बोर्डले यस विषयमा जानकारी लिन क्षेत्रको भ्रमण गरेको भए पनि भ्रमण टोलीका केन्द्रीय प्रतिनिधिले राज्य सरकारको आग्रहविना केही गर्न नसकिने बताए। भरपर्दो स्रोतका अनुसार राज्यका मुख्य सचिव मनोज पन्तले आइतबार गजलडोबा टिस्टा ब्यारेजको निरीक्षण गरी टिस्टा नदीलाई ब्यारेजसहित पुरानै अवस्थामा पुर्नस्थापना गर्न जोड दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement