आईपीएलमा नयाँ युगको शुरुवातः खेलाड़ीहरूका निम्ति म्याच फीस अनि ६ वटा रिटेन्सनको घोषणा

IMG-20240929-WA0140

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले सोशल मीडियामा इण्डियन प्रीमियर लीग (आईपीएल)-को अवधि प्रत्येक खेलाड़ीलाई प्रत्येक म्याचको निम्ति ७.५ लाख रुपियाँ गरेर म्याच फीस प्राप्त हुने घोषणा गरे, जुन उनीहरूका अनुबन्ध राशिदेखि अलग हुनेछ। यसरी एकजना खेलाड़ीले म्याच फीसबाट मात्र पनि १.०५ करोड़ रुपियाँसम्म कमाई गर्न सक्नेछन्। शाह बीसीसीआई सचिवको साथमा एशियाई क्रिकेट परिषद (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को पनि अध्यक्ष हुन्। उनले प्रत्येक फ्रेञ्चाइजीलाई सीजनको निम्ति म्याच फीसको रूपमा १२.६० करोड़ रुपियाँ गरेर आवण्टित गरिने जानकारी दिए। शाहले सोशल मीडिया पोस्टमा लेखेका छन्, आईपीएलमा निरन्तरता र उत्कृष्ट प्रदर्शनको खुशीयाली मनाउने एउटा ऐतिहासिक कदमको रूपमा हामीले आफ्ना क्रिकेटरहरूका निम्ति प्रति गेम ७.५ लाख रुपियाँको म्याच फीस शुरु गरेर रोमाञ्चित छौं। यसरी एउटा सीजनमा सबै म्याच खेल्ने क्रिकेटरलाई उनको अनुबन्धित राशिको साथमा १.०५ करोड़ रुपियाँ प्राप्त हुनेछ। यसको निम्ति प्रत्येक फ्रेञ्चाइजीलाई म्याच फीसको रूपमा १२.६० करोड़ रुपियाँ गरेर आवण्टित गरिनेछ। यो आईपीएल र हाम्रा खेलाड़ीहरूका निम्ति नयाँ युगको शुरुवात हो।
यसबीच आईपीएल सञ्चालन परिषदले १० वटा फ्रेञ्चाइजीलाई आफ्नो टीमबाट अधिकतम ६ जना खेलाड़ीलाई आफूसँग कायम राख्ने (रिटेन) अनुमति दिएको छ, जसमा लिलामीको एउटा राइट टू म्याच (आरटीएम) कार्ड पनि सामेल हुनेछ। यसको मूल्य १२० करोड़ रुपियाँको बढ़ाइएको टीम पर्समा ७५ करोड़ रुपियाँ हुनेछ। २०२२-मा भएको गत मेगा लिलामीमा एउटा टीमलाई अधिकतम ४ जना खेलाड़ी रिटेन गर्ने अनुमति थियो। आईपीएल सञ्चालन परिषदका एकजना सीनयर अधिकारीले बताएअनुसार, पहिलो रिटेनशनको खर्च १८ करोड़ रुपियाँ हुनेछ। त्यसपछि १४ करोड़ रुपियाँको दोस्रो अनि ११ करोड़ रुपियाँको तेस्रो रिटेनशन राशि हुनेछ। यसरी कुनै फ्रेञ्चाइजीले चौथो र पाँचौं रिटेनशनको विकल्प चयन गरे क्रमशः १८ करोड़ र १४ करोड़ रुपियाँ दिनु पर्नेछ। यसरी कुनै फ्रेञ्चाइजीले जम्मै ५ वटा रिटेनशनको विकल्प चयन गरे उनीहरूसँग लिलामीमा खेलाड़ीहरू खरीद गर्न केवल ४५ करोड़ रुपियाँ उपलब्ध रहनेछ अनि यहाँसम्म किन उनीहरूले आफ्नो आरटीएम कार्ड उपयोग गरेर अन्य १५ जना खेलाड़ी खरीद गरेर एउटा टीम तयार गर्न सक्छ। भारतीय र विदेशी रिटेनशनको कुनै सीमा छैन। आईपीएलको आउँदो सीजनको निम्ति मुम्बई इण्डियन्स, कलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद जस्ता अधिकांश मजबूत टीमहरू ६-देखि ८ जना खेलाड़ी रिटेन गर्ने पक्षमा थियो। बीसीसीआई-को नयाँ रिटेनशन नीतिलाई आईपीएललाई अझ रोचक बनाउने उदाहरण मानिएको छ। मुम्बई इण्डियन्सले हार्दिक पाण्ड्या, रोहित शर्मा, सूर्यकुमार यादव, जसप्रीत बुमराह र तिलक वर्मालाई रिटेन गर्न चाहे उनीहरूको पर्स (जम्मा राशि)-बाट ७५ करोड़ रुपियाँ काटिनेछ। त्यसपछि मेगा लिलामीको निम्ति उनीहरूसँग केवल ४५ करोड़ रुपियाँ बाँच्नेछ अनि ईशान किशनको मूल्य १५ करोड़ रुपियाँ भए उनीहरू राइट टू म्याच कार्ड उपयोग गर्न वाध्य हुनेछन्। त्यसपछि उनीहरूसँग अन्य १४ जना खेलाड़ी चयन गर्न केवल ३० करोड़ रुपियाँ बाँच्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement