सुपरिचित नाट्यकर्मी ललित तिवारी ‘स्व. मनबहादुर गुरुङ नाट्य सम्मान २०२४’ले सम्मानित

  • तर्क प्रतियोगिता:
  • विजेता सोनादा उच्चतर माध्यमिक विद्यालाय अनि सोनादा मुण्डा
  • उपविजेता  सोनादा मुण्डा कोठी उच्चतर माध्यमिक विद्यालय

सोनादा: दार्जीलिङ पहाडी भेकका सुपरिचित नाट्यकर्मी ललित तिवारीलाई ‘स्व. मनबहादुर गुरुङ नाट्य सम्मान २०२४’ले अलङ्करण गरिएको छl २७ सेप्टेम्बर (शुक्रबार) ‘मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान’को आयोजनमा सोनादा डिग्री कलेजमा सो अलङ्करण कार्यक्रम सम्पन्न भएको थियोl सोनादा डिग्री कलेजकी प्राचार्य  डा रागिनी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुपरिचित साहित्यकार डा जीवन नामदुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिएl स्व मन बहादुर गुरुङ भारतीय नेपाली समाजमा एकजना वरिष्ठ साहित्यकार, नाटककार साथै संगीत विशेषज्ञको रुपमा परिचित छन्l भारतीय नेपाली नाटक, नाटक र संगीतको क्षेत्रमा उनको छुट्टै योगदान रहेको छl स्व. मन बहादुर गुरुङको योगदानलाई नेपाली समाजमा ताजा राख्न यस वर्षदेखि  ‘मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ले  ‘स्व. मनबहादुर गुरुङ नाट्य सम्मान ‘ शुरु गरेको छl यो सम्मानले हुने नाट्यकर्मी ललित तिवारीले धेरै लामो समयदेखि नाटकको क्षेत्रमा विशेष योगदान दिँदै आइरहेका छन्l उनलाई डा रागिनी थापा र मुख्य अतिथि डा जीवन नामदुङको बाहुलीबाट अङ्ग वस्त्र, नेपाली टोपी पहिर्याएर स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयोl     

प्रतिष्ठानको पहल र सोनादा डिग्री कलेजको संयुक्त आयोजनामा अन्तर विद्यालयतर्क प्रतियोगिता राखिएको थियोl आठ वटा विद्यालयले भाग लिएको यस तर्क प्रतियोगितामा विजेता सोनादा उच्चतर माध्यमिक विद्यालाय अनि सोनादा मुण्डा कोठी उच्चतर माध्यमिक विद्यालय उपविजेता बनेl तर्क प्रतियोगिताको विषय थियो ‘इन्टरनेट ज्ञानको भण्डार कि गलत सुचनाको स्रोत’ l यसमा निर्णायकहरू डा योगेश पन्थ, डा महेश प्रधान र डा दावा शेर्पा थिए।

प्रा० मेधनाथले संचालन गरेको कार्यक्रममा स्वागत वक्तव्य सुश्री मञ्जरी गुरूङले राखेकी थिइन्। मुख्य अतिथि डा जीवन नामदुङ र सम्मानित व्यक्तित्व ललित तिवारीले वक्तव्य प्रस्तुत गरे। कार्यक्रममा रसिक छेत्रीले धन्यवाद ज्ञापन गरेl मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानमा संरक्षकको रूपमा उनका छोरा सुमन गुरुङ र छोरी मञ्जरी गुरुङ रहेका छन् भने अन्य सक्रिय सदस्यहरूमा नरेश कटुवाल, रसिक छेत्री, पत्रकार किरण छेत्री, शिक्षक मेघेन्द्रमणि थापा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement