खरसाङ महकुमा अस्पतालमा आज विश्व रेबिज दिवस पालन

IMG-20240928-WA0278

खरसाङ: खरसाङ रेडक्रस सोसाइटीद्वारा खरसाङ महकुमा अस्पतालमा आज विश्व रेबिज दिवस पालन गरियो। खरसाङ रेडक्रस सोसाइटीका सचिव विजय सिञ्चुरीद्वारा सञ्चालित कार्यक्रममा खरसाङ अस्पतालका डाक्टर सुन्दासु, डाक्टर एके बरूई अनि पेट केयर खरसाङका प्रमुख शेखर खड्काले कुकुर तथा अन्य जीव जन्तुहरूको टोकाइ तथा यसबाट हुने नोक्सानबारे अवगत गराउँदै यसबाट बाँच्ने उपायबारे अवगत गराए।

कार्यक्रममा खरसाङ क्षेत्रका आइसीडीएस, आशाकर्मी, श्री सत्य साई सेवा, खरसाङ समितिका सदस्यहरू लगायत खरसाङ सदर अस्पतालका स्वास्थ्यकर्मीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement