क्रिकेटरहरूका तुलनामा हकी खेलाड़ीहरूलाई अधिक फिट बताए हार्दिक सिंहले

IMG-20240928-WA0155

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका उपकप्तान तथा मीडफिल्डर हार्दिक सिंहले बताएअनुसार, भारतीय क्रिकेटरहरूका तुलनामा हकी खेलाड़ीहरू अधिक फिट हुन्छन्। उनले यो-यो टेस्टको स्कोर तर्फ इशारा गरे। हार्दिकले भने, हकी खेलाड़ीहरूका यो-यो टेस्टको नतीजा क्रिकेटरहरू भन्दा धेरै राम्रो हुन्छ, जुन धेरै मानिसहरूका निम्ति आश्चर्यको कुरा हुनसक्छ। उल्लेखनीय छ, अन्तर्राष्ट्रिय एथलीटहरूका फिटनेसको स्तर नाप्न एउटा वैश्विक मानक यो-यो टेस्टले भारतमा त्यस समय लोकप्रियता हासिल गऱ्यो जब क्रिकेटरहरूलाई टीममा सामेल हुनको निम्ति यसमा पास हुनु
अनिवार्य गरियो। भारतीय क्रिकेटरहरूमा विशेषगरी विराट कोहलीलाई साधारणत देशका सबैभन्दा फिट एथलीट मानिन्छ तर उनको यो-यो स्कोर 1?१७.२-को रहेको छ। भारतीय क्रिकेट टीममा सामेल हुन न्यूनतम् स्कोर १६.४ तय गरिएको छ। यो-यो टेस्टमा १७-१८-को स्कोरलाई क्रिकेटरहरूका क्षेत्रमा प्रशंसनीय मानिन्छ तर हार्दिकले बताएअनुसार भारतीय पुरुष हकी टीमका खेलाड़ीहरूका यो-यो स्कोर लगभग २३ रहन्छ।
हार्दिकले एउटा पोडकास्टको अवधि भने, क्रिकेटमा कसैले यो-यो टेस्टमा स्कोर १९ या २० रहे त्यसलाई असाधारण मानिन्छ तर हाम्रो पूर्व गोलकीपर पीआर श्रीजेशको स्कोर २१-को रहन्थ्यो। यो-यो इण्टरमिटेण्ट रिकवरी टेस्ट (वाईवाईआईआर)-को मुख्य स्तर १५-देखि शुरु हुन्छ अनि यसमा ८ स्प्रिण्ट हुन्छ। यो २३.८-सम्म जान्छ, जुन अधिकतम् स्कोर हो। हाम्रो टीमका ७ जना खेलाड़ीले २३.८-को स्कोर हासिल गरिसकेका छन्। यसरी हाम्रो जूनियर गर्ल्स हकी टीमको पनि स्कोर १७-१८ रहन्छ, जुन कोहलीको स्कोरको बराबरको हो। यसरी सीनियर खेलाड़ीहरूका स्कोर २२-२३-को रहन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement