चीन ओपनमा बोपन्ना-डोडिगको पहिलो राउण्डमै हार

IMG-20240928-WA0295

नयाँ दिल्ली: भारतका अनुभवी टेनिस खेलाड़ी रोहन बोपन्ना र उनको क्रोएशियाई जोड़ीदार इवान डोडिगले अप्रत्याशित हारको सामना गर्नु पर्यो। बोपन्ना र डोडिगको जोड़ी चीन ओपन एटीपी ५०० टेनिस टुर्नामेण्टको पुरुष युगलको पहिलो राउण्डमा फ्रान्सिस्को सेरुण्डोलो र निकोलस जेरीको जोड़ीविरुद्ध पराजित भएर टुर्नामेण्टबाट बाहिर भयो। भारत र क्रोएशियाको दोस्रो वरीयता प्राप्त जोड़ीलाई अर्जेण्टिनाका सेरुण्डोलो र चिलीका जेरीको गौर वरीयता प्राप्त जोड़ीले प्री-क्वार्टर फाइनल म्याचमा ५-७, ६-७-ले पराजित गर्यो। म्याच १ घण्टा ३१ मिनटसम्म चल्यो । बोपन्नाको नियमित जोड़ीदार अष्ट्रेलियाका म्याथ्यू एबडेनले यस एटीपी ५०० प्रतियोगितामा हिस्सा नलिने फसेला गरेका थिए । बोपन्नाले यसअघि २०१७ र २०२१-मा पनि डोडिगसँग जोड़ी बनाएर खेलेका थिए । यस जोड़ीको सर्वश्रेष्ठ प्रदर्शन २०१७-मा मण्ट्रियल मास्टर्स १००० प्रतियोगिताको फाइनलमा पुग्नु रह्यो। बोपन्नाले यस साल अष्ट्रेलियन ओपन ग्राण्ड स्ल्याम र मियामी ओपनको खिताब जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement