नयाँ दिल्ली: वेष्ट इण्डिजका पूर्व अलराउण्डर ड्वेन ब्राभोलाई आईपीएल-मा कलकत्ता नाइट राइडर्स (केकेआर) टीमको मेण्टर नियुक्त गरियो। केकेआर-मा उनले गौतम गम्भीरको स्थान लिनेछन्। क्यारेबियन प्रीमियर लीग (सीपीएल) को अवधि कम्मरमा चोट लागेपछि ४१ वर्षीय यस खेलाड़ीले क्रिकेटको सबै प्रारूपबाट सन्न्यास लिएका छन्। ब्राभोले २०२१-मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए अनि गत साल आईपीएलबाट पनि सन्न्यासको घोषणा गरेका थिए। गत वर्षदेखि ब्राभोले आफ्नो ध्यान चेन्नई सुपर किंग्स (सीएसके) र अफगानिस्तानको निम्ति प्रशिक्षणमा लगाएका थिए। उनले आईपीएलको गत सीजनमा सीएसके-मा बलिंग प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। नयाँ जिम्मेवारी पाएपछि ब्राभोले सीएसके को आधिकारिक सोशल मीडिया ह्याण्डलमा जारी एउटा भीडियोको माध्यमले चेन्नईको फ्रेंचाइजी र आफ्ना प्रशंसकहरू प्रति अभूतपूर्व समर्थनको निम्ति आभार व्यक्त गरेका छन्। ब्राभोले विभिन्न भूमिकाहरूमा रहेर सीएसके-सँग ४ वटा आईपीएल खिताब जिते। उनले आईपीएलमा १८३ विकेट लिएका थिए। उनले २०१३ र २०१५ मा पर्पल क्याप पनि जितेका थिए। ब्राभोले आफ्नो करियरमा ५८२ वटा टी२० म्याच खेलेर ६३१ वटा विकेट लिनको साथै लगभग ७००० रन बनाएका छन्। ब्राभो अहिले आफ्नो जीवनको नयाँ अध्यायको निम्ति उत्साहित छन् । उनले भने, म सीपीएलमा गत १० सालदेखि ट्रिनबागो नाइट राइडर्सको हिस्सा छु। विभिन्न लीगहरूमा नाइट राइडर्सको निम्ति अनि उनीहरूविरुद्ध खेलेको छु। उनीहरूका काम गर्ने तरिकाको निम्ति मेरो मनमा सम्मान छ।