गान्तोक: स्वच्छता ही सेवा अभियान अन्तर्गत आज टाशीलिङ सचिवालय, तिब्बत रोड र पावर विभाग कार्यालय परिसरमा सर सफाई कार्यक्रम सम्पन्न भयो। यस अभियानको थिम स्वभाव स्वच्छता संस्कार स्वच्छता रहेको छ, जसको मुख्य उद्देश्य सर सफाईको क्षेत्रमा स्थानीय समुदायमा संस्कार उत्पन्न गराउनु रहेको छ। उक्त कार्यक्रममा क्षेत्र विधायक दिले नामग्याल बरफुङपा, पार्षद डिकी डोमा लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए।

यस अभियानमा ओल्ड पेन्सन स्किमकी अध्यक्ष पेमा डोमा भोटिया लगायत विभिन्न विभागका क्रमचारी साथै स्थानीयहरूले पनि अंशग्रहण गरेका थिए। यस अभियानको आयोजना विभिन्न विभागका सरकारी कर्मचारीहरूद्वारा गरिएको हो।