दरामदिनमा ठूलो ढुङ्गा पल्टिँदा घर अनि पशुधनको क्षति

IMG-20240928-WA0297

सोरेङ: दरामदिन समष्टिको मुनिउ गाउँमा मानिसहरु भाग्यले बाँचेका छन्। अविरल बर्षाको कारण भीरमाथिबाट ठूलो ढुङ्गा पल्टिँदा मुनिउमा इपीसीएस चर्चको किचनलाई पूर्णरूपले क्षतविक्षत बनाएको छ। ढुङ्गा पल्टिएर किचिँदा स्थानीय सुशील सुब्बाको एउटा ब्याउन लागेको गाई मरेको छ। ठूलो ढुङ्गा अनुमानित तीन सय फिटभन्दा भन्दा माथिबाट पल्टिएर आउँदा उक्त घटना भएको हो। ढुङ्गा सोरेङ-सोमबारे रोडमा थुरिँदा रोडलाई पनि धेरै नोक्सानी पुर्‍याएको छ। यदि ढुङ्गा रोडदेखि मुनि पनि पल्टिएर जानु हो भने धेरै जनधनको क्षयक्षति हुने थियो। रोड मुनि धेरै बाक्लो घरहरु रहेको छ। घटनाको सुचना पाउन साथ एसडीएम प्रेम कुमार सुब्बा, बीडीओ वाङ्दी शेर्पा, स्थानीय पञ्चायत र स्थानीय नागरिकहरुले घटना स्थलको निरीक्षण गरेका छन्। चर्च प्रबन्धक पक्षले सरकारसमक्ष क्षयक्षतिको निम्ति अनुरोध पनि गरेका छन्। अर्कोतिर सोरेङ जिल्लाको भिन्नभिन्न ठाउँमा गएको पैह्रोले व्यापक नोक्सानी पुर्‍याएको रिपोर्ट प्राप्त भएको छ। सम्बन्धित अधिकारीहरुले पानीझरीमा पनि स्थलगत निरीक्षण गरिरहेका छन् क्षयक्षतिको आकलन केही दिनमा थाहा लाग्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement