भारी वर्षाका कारण सिलगढीको चयनपाडामा पानी जम्मियो

IMG-20240928-WA0258

सिलगढी: विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिलगढीको आसपासका क्षेत्र जलमग्न थालेका छन्। शनिबारको वर्षाका कारण सिलगढी इस्टर्न बाईपासको छेउछाउको पूर्वी चयनपाडा क्षेत्रका घरमा पानी पसेको छ। यसप्रति स्थानीय बासिन्दा आक्रोशित छन्। भारी वर्षा हुँदा यस क्षेत्रका घर–घरमा पानी पसेर निस्कने बाटो नरहेको जनाइएको छ। सडक छेउमा नाली छैन। जसका कारण लामो समयसम्म सडक र घरघरमा पानी जम्मा भइरहन्छ। यस विषयमा पञ्चायतलाई जानकारी गराए पनि पञ्चायतले वास्ता नगरेको स्थानीय बासिन्दाको आरोप छ।  आज स्थानीय पञ्चायत प्रमुख तुसी रायले ती सबै बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मनसुनअघि सो क्षेत्रमा काम गरेको थिएँ, यो सबै पानी पञ्चायतको अर्को भागबाट आउने गरेको छ। त्यस क्षेत्रका पञ्चायतले कुनै काम नगरेकाले हाम्रो क्षेत्रमा पानी पसेको छ। मैले उहाँहरुसँग कुरा गरेको छु, उनीहरुले काममा पठाइरहेका छन् र मेरो क्षेत्रमा पनि पानी जम्मा नहोस् भनेर काम भइरहेको छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement