सिलगढी: विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण समस्या बढ्दै गएको छ। एकातिर तराईका मानिसको घरघरमा पानी पस्न थालेको छ भने अर्कोतिर पहाडमा पहिरो जाने गरेको छ। राष्ट्रिय राजमार्ग १० मा फेरी पहिरो खसेको छ। पहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध भए पनि काली झोडा नजिक फेरि पहिरो खसेको छ। सिक्किमको लाइफलाइन भनिने राष्ट्रिय राजमार्ग १० मा लगातार पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। तर, सडक मरम्मतको काम सम्बन्धित विभागले थालेको छ। सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई निकै समस्या भएको छ।










