बतासे प्रधान गाउँमा हेभन्स ग्लोरी प्राइमेरी पाठशालाको नयाँ भवनको उद्घाटन

IMG-20220823-WA0108.jpg

गोरुबथान: शिक्षा महत्वपूर्ण विषय हो। शिक्षालाई महत्व दिनु सकिएमात्र जाति समाजको सर्वाङ्गीण विकास हुन सक्छ। यस्तैमा मानेभञ्ज्याङदेखि केही टाडोमा रहेको गाउँ बतासे प्रधान गाउँमा गाउँलेहरूको आफ्नै सतप्रयासमा हेभन्स ग्लोरी प्राइमेरी पाठशालाको नयाँ भवनको उद्घाटन प्रिन्सिपल पि एन प्रधानको बाहुलीबाट रिबन काटेर गरियो। नयाँ भवन उद्घाटन समारोहमा गाउँका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

ज्ञात रहोस हेभन्ली ग्लोरी प्राइमेरी पाठशाला विगत २००५ सालदेखि सन्चालनमा रहेको छ। यस पाठशालाको पुरानो भवन जीर्ण अवस्थामा थियो। कुनै पनि समय दुर्घटना हुन सक्ने स्थितिमा रहेको थियो। यसोसले गाउलेहरूको सतप्रयासमा नयाँ भवन निर्माण गरिएको हो। मुख्य अतिथिको रुपमा पिएन प्रधान थिए भने विशिष्ट अतिथिहरूमा यमबहादुर प्रधान उर्फ भैसीपाला प्रधान,देवकुमार राई,मानधोज राई,जीवन तामाङ,इमबहादुर प्रधान,डि के राई आदिको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सन्चालन मणिकुमार प्रधान र मिलन प्रधानले संयुक्त रुपमा गरेका थिए। यसै पाठशालाका ससाना नानीहरूले सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै मुख्य अतिथि तथा अन्यान्य अतिथिहरू यस पाठशालालाई सुचारु रुपले सन्चालन गरेर लैजान पर्ने कुरोमा जोड दिए। यसै पाठशालालाई भविष्यमा उच्च विद्यालय तथा उच्चतर विद्यालय बनाउने सपना बोकेर सन्चालन समितिले काम गर्न पर्ने पनि बताए। अब भने पाठशालाका नानीहरूलाई नयाँ पाठशाला भवनमा शिक्षा प्रदान गरिनेछ। यसैक्रममा गाउँलेहरूले पनि यसरी पाठशालाको नयाँ भवन निर्माण भएकोमा धेरै खुशी व्यक्त गरे। कार्यक्रमको अन्तमा पाठशालाको गुरुमा आरती प्रधान र माया गुरुङले संयुक्त रुपमा धन्यबाद ज्ञापन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement