पैह्रोले खरसाङको मकैबारी चियाबारीको रमिते डाँड़ामा एघार परिवारहरूलाई खतरा

IMG-20240928-WA0199

खरसाङ: खरसाङको मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँदेखि केही माथि रहेको रमिते डाँडाबाट पैह्रो जान थालेपछि डाँडा मुनिका प्रायः एघार घर खतरामा परेको छ। केही वर्ष अघिदेखि झर्न शुरू गरेको उक्त पैह्रो पुनः झर्न शुरू गरेको छ। गत केहीदिनदेखि यता लगातार रूपमा परिरहेको पानीको कारण शुक्रबार राती पनि त्यहाँबाट पैह्रो जान शुरू भएको छ जसले गर्दा स्थानीय ग्रामवासीहरूले चिन्ता व्यक्त गर्दै तिनीहरूलाई यहाँबाट अन्य सुरक्षित स्थानमा सारिनुपर्ने बताएका छन्। यस सम्बन्धमा एघार घरले सामुहिक रूपमा हस्ताक्षर गरेर खरसाङ खण्ड विकास कार्यालय, पाण्डु ग्राम पञ्चायत, मकैबारी चियाबगान प्रबन्धकपक्ष आदिलाई अवगत गराइसकिएको जनाउँदै पिडित परिवारहरूको पक्षबाट सन्ध्या छेत्री, इन्दिरा शर्मा अनि शिला शर्माले तिनीहरूलाई अतिशीघ्र यहाँबाट सुरक्षित स्थानमा सारिदिने आग्रह गरेका छन्।

About Author

Advertisement