सिलगढी: सिलगढीको मुटु विधान मार्केटमा आज बिहान आगलागी भएको छ। पसलबाट धुवाँ निस्किएको देखेपछि स्थानीय पसलले तत्काल दमकललाई खबर गरे। खबर पाएलगत्तै दमकलका दुईवटा गाडी पुगे पनि त्यतिन्जेल आगोले निकै ठूलो रुप लिएको थियो। त्यसपछि अन्य गाडी बोलाइयो, पाँच दमकल आगो निभाउनमा व्यस्त छन्। आगलागीबाट एउटा पसल जलेर खरानी भएको छ भने आठ पसलमा क्षति पुगेको स्थानीय पसलहरुले बताएका छन्। आगलागीका कारण पूरै विधान मार्केटमा त्रासको वातावरण देखिएको छ। सबै दमकलले आगो निभाउन थाले, तर त्यतिन्जेल एउटा पसल पूरै जलेको थियो। आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन। दमकलले यस विषयमा अनुसन्धान गरिरहेको भए पनि दुर्गा पूजाअघि आगलागी हुँदा व्यवसायी निकै समस्यामा परेका छन्। दुर्गा पूजा नजिकिँदै गर्दा आगलागीका कारण ठूलो क्षति हुने डर छ।