सोनादादेखि मुण्डा बाँसघारी जाने रोड वाधित
सोनादा: सोनादा ग्राम पञ्चायत दुई अन्तर्गत लोवर सिडर्समा घर पैह्रोको चपेटमा परेको छ। उक्त पैह्रोको कारणले सोनादादेखि मुण्डा बाँसघारीसम्म जाने रोड वाधित बनेको छ। विगत केही दिनदेखि अविरल वर्षाको कारण जोरबंगला सुखिया पोखरी खण्ड अधीनस्थ लोवर सोनादा ग्राम पञ्चायत दुई अन्तर्गत लोवर सिडर्सको वार्ड नम्बर ६ मा देवचन्द्र मोथेको घर अगाडी पैह्रो गएको छ। उक्त पैह्रोले देवचन्द्र मोथेको घर अहिले जोखिमपूर्ण अवस्थामा रहेको छ।

उक्त पैह्रोको कारण दैनिक रूपमा गाडी चल्ने मेन रोड पनि अवरुद्ध बनेको छ। यस सडकले मुण्डा बाँसघारी लगायत सिडर्सका सम्पर्ण यातायात नै बाधित बनेको छ। उक्त सडक भएर नै सोनादा वा अन्य ठाउँ पढ्न जाने विद्यार्थीहरूलाई अनि बजार आवत जावत गर्नेहरूलाई धेरै नै समस्या भएको छ।










