वर्षाका कारण राष्ट्रिय राजमार्ग १० पहिरोले अवरुद्ध

IMG-20240928-WA0158-1

सिलगढी: विगत केही दिनदेखि लगातार भारी वर्षाका कारण पश्चिम बंगाल र सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग नम्बर १० अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण टिस्टा क्रमशः पूर्णरुपमा आइरहेको छ। अहिले टिस्टाको पानीको बहाव खतराको निशानभन्दा माथि छ। यसैबीच लगातारको वर्षाका कारण राष्ट्रिय राजमार्ग १० मा सडक भत्किँदा सवारीसाधनको  आवागमन ठप्प भएको छ। राष्ट्रिय राजमार्ग १० मा धेरै ठाउँमा पहिरो खसेको छ। पन्बु डाँडा हुँदै कालेबुङ जाने बाटो पनि पहिरोका कारण अवरुद्ध भएको छ। अर्कोतिर रातभर परेको वर्षाका कारण टिस्टामा पानीको बहाव बढेसँगै यसका किनारमा बस्ने क्षेत्रका बासिन्दामा त्रास बढेको छ। पानी खतराको निशानभन्दा माथि पुगेपछि टिस्टा किनारमा बसोबास गर्ने मानिसहरूलाई समस्या भएको छ। अर्कोतर्फ पर्यटन सिजन शुरु हुनासाथ पर्यटन व्यवसायीले ठूलो घाटा बेहोर्नु परेको छ। वर्षाका कारण पर्यटनलाई असर परेको छ। पहिले नै भइसकेका धेरै बुकिङ पनि रद्द भएको समाचार छ। दुर्गा पूजाको समयमा ठूलो संख्यामा पर्यटक आउने गरेको तर यसपटक वर्षाका कारण ठूलो नोक्सानी बेहोर्नु परेको पर्यटनसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement