जलपाईगढी: आज शनिबार बिहान माल ब्लकको बाग्राकोट क्षेत्रको एमईएस मोडमा दुईवटा सवारीसाधन एकअर्कामा ठोक्किएर दुर्घटनामा परी केही मानिस घाइते भएका छन्। तर, कोही गम्भीर घाइते भएको खबर भने आएको छैन। समाचार अनुसार बस र सानो गाडी एकअर्कामा ठोक्किँदा साना गाडीलाई सामान्य क्षति पुगेको छ। दुर्घटनापछि स्थानीयले घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याए। आज बिहान १० बजेतिर बाग्राकोट क्षेत्रमा रहेको एमईएस टर्नमा उक्त दुर्घटना भएको हो। तर, दुर्घटनापछि बस गन्तव्यतर्फ प्रस्थान गरेको थियो।