सिलगढी: विधान मार्केटमा आगलागीको खबरले हलचल मच्चिएको छ। आज बिहान करिब १०:४५ बजे एक बन्द पसलबाट धुवाँ निस्किएको स्थानीय पसलेहरूले देखे। तत्काल दमकललाई खबर गरि। खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेर आगो निभाउन थाल्यो। यसैबीच विधान मार्केटमा ठूलो संख्यामा मानिसहरुको भीड लागेको छ। आगलागीबाट क्षति हुने सम्भावना अनुमान गरिएको छ। (विस्तृत समाचार आउन बाँकी छ)










