दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा सेमिफाइनल खेलियो। पहिलो सेमिफाइनल म्याचमा एसआरएस यल्लो टीमले शिक्षासंघ हाई स्कूलविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमका सुमित तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो सेमिफाइनलमा सोनादाको शान्तिरानी हाई स्कूलले मंगपूको सेण्ट जोसेफ्स स्कूलविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमका खेलाड़ी प्रयास विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो।

अब सोमवार खेलिने फाइनलमा एसआरएस यल्लो र शान्तिरानी हाई स्कूलबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्मा २० वटा टीमले हिस्सा लिएको छ।