मोरंग केराबारीमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण

IMG-20240928-WA0012

भद्रपुर: मोरङको केराबारी गाउँपालिका-८ खदम खोलाबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो साँझ ६ बजेको समयमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा १५ वटै ट्याक्टर नियन्त्रण गरिएको छ। प्रहरीले को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को।२ त २०३२, को २ त ७९१२, को २ त ७८९७, को २ त ६९४०, को २ त ८३१९, को १ त ४५८३, को १ त ८७२२, प्र १-०२-००३ त २७१२, प्र १-०२-००३ त १८८१, प्र १-०२-००३ त २८३९ र प्र १-०२-००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement