भद्रपुर: हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, “समय सधैं एकनास हुन्छ भन्ने छैन नहुन पनि सक्छ। नहुन सक्नेमा म पनि परेछु। पार्किंसंस रोगको कारण म काम गर्न सकेको छैन। धेरै गार्हो छ मलाई। यस्तो हुँदाहुँदै पनि अस्ट्रेलिया व्हिलचियरमा गयर पनि काम गरेर आए। यस्तो हुँदा पनि चुप लागेर बस्न मन लाग्दैन, स्टेजमा गएर दर्शकको मुख हेर्न मन लागिरहन्छ। दर्शक भगवानको मुख हेर्न मन लागिरहन्छ।
स्वास्थ र शरीर सधैंभरि एकनास नहुने रहेछ। शरीरले साथ् दिने बेलासम्म म काम गरिरहने छु। तर शरीरले एकदिन काम गर्न छोड्छ यो मलाई थाहा छ। म सिथिल भएपनि हरिबंशले काम गरिरहने छ, हरिबंशले काम गरिरहनुपर्छ। मदन दाइले सकेन भनेर मदन दाइको सति जाने कुरा आउँदैन। हरिबंश सक्षम् छ! हरिबंश सधै अगाडी बढिरहने छ! मैले पनि सक्ने बेलासम्म मुख देखाएर हुन्छ कि तालि बजाएर हुन्छ साथ् दिईरहने छु।”