शुभमनको शतकले सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो भारतले

IMG-20220823-WA0092.jpg

२३ अगस्तः शुभमन गिल (१३० रन)-को शतकीय ईनिंग्सको सहायताले भारतले जिम्बाब्वेलाई वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याचमा १३ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको वनडे सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। हरारे स्पोर्ट्स क्लबमा खेलिएको म्याचमा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २८९ रन बनायो। शुभमनले वनडे क्रिकेटमा आफ्नो पहिलो शतक बनाए। उनले ९७ बल खेलेर १५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक ईशान किशनले ५०, शिखर धवनले ४० अनि कप्तान केएल राहुलले ३० रन बनाए। जिम्बाब्वेका बलरहरूमा ब्राड इभान्सले ५ विकेट लिए।

जवाफमा जिम्बाब्वेको टीम सिकन्दर रजाको लड़ाकू ११५ रनपछि पनि ४९.३ ओभरमा २७६ रन बनाएर अलआउट भयो। गत ६ वटा वनडे म्याचमा आफ्नो तेस्रो शतक बनाउने रजाले ९५ बल खएलेर ९ वटा चौका र ३ वटा छक्का लगाए। उनले एक समय त जिम्बाब्वेलाई जीतको नजिक पुऱ्याएका थिए तर अन्तमा उनको प्रयास सफल हुन सकेन। रजा बाहेक सीन विलियम्सले ४५ रन बनाए। भारतीय बलरहरूमा अवेश खानले ३ विकेट लिए। यसबाहेक दीपक चाहर, कुलदीप यादव र अक्षर पटेलले २-२ विकेट हासिल गरे। म्याचमा १३० रनको साथ पूरा सीरीजमा २४५ रन बनाउने शुभमनलाई प्लेयर अव् द म्याच अनि प्लेयर अव् द सीरीज चयन गरियो। भारतीय टीमले अब एशिया कपमा हिस्सा लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement