भद्रपुर: सर्लाहीमा टिपरले ठक्कर दिँदा एक कांग्रेस नेताको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन– ११ मा शुक्रबार दिउँसो प्रदेश २–०३-००१ क ११३७ नम्बरको टिपरले ठक्कर दिँदा हरिवन नगरपालिका-७ घुर्कौली घर भएका ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।
प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकललाई टिपरले ठक्कर दिँदा अधिकारीको मृत्यु भएको हो। अधिकारी नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई प्रहरीले तुरुन्तै नजिकैको नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि सर्लाहीकै बागमती नगरपालिका-४ घर भएका २९का चालक टेकबहादुर थिङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए।









