सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघको कार्यालय उद्घाटन

IMG-20240717-WA0003

सोरेङ: सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघको सोरेङ जिल्ला स्तरीय मुख्य कार्यालय आज सोरेङको खड्का बजारमा उद्घाटन गरियो। सोरेङ जिल्लाको चारवटा समष्टि सोरेङ-च्याखुङ, दरमदिन, रिञ्चेन्पोङ र जुम-सालघारी समष्टिमा जल, थल र वायुका भूतपूर्व सैनिकहरुलाई समेटेर सिक्किम वीर गोर्खा भूतपूर्व सैनिकहरुको निम्ति उक्त कार्यालय उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा सोरेङ जिल्लाका जिल्ला पञ्चायत उपाध्यक्ष चन्द्र वीर शशंकर रहेका थिए।
आज जिल्ला स्तरीय कार्यलय उद्घाटनको अवसरमा सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघको सोरेङ जिल्लाका कार्यकारीसमितिको पनि गठन गरियो। कार्यकारी समितिमा सल्लाहकार हवल्दार हरेन्द्र प्रसाद सुब्बा (सोमबारे), अध्यक्ष प्रदीप कुमार तामाङ (सोरेङ), उपाध्यक्ष प्रेम कुमार गुरुङ, (रिञ्चेन्पोङ), महासचिवद्वय पीडी राई (जुम) र अशोक कुमार तामाङ (थर्पु), सह-सचिव सञ्जिब शर्मा (लुङ्चोक), कोषाध्यक्षद्वु एनटी लेप्चा (सोमबारे) र राकेश गुरुङ (रिञ्चेन्पोङ) र प्रचारप्रसार सचिव छुचुङ नामग्याल शेर्पा रहेका छन्।
आज नियुक्त सबै कार्यसमितिका सदस्यहरुलाई सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघका अध्यक्ष भूतपूर्व कप्तान पीबी छेत्रीले नियुक्त पत्र प्रदान गरे। सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संघले राज्यको विभिन्न क्षेत्रमा अहिले सांगठनिक विस्तार सँगसँगै र सदस्यता ग्रहण गर्ने कार्यक्रमहरु युद्धस्तरमा जारी राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement