पाकिम: पाकिम जिल्लास्तरीय अनुगमन समितिका सदस्य साथै अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाले नेतृत्वमा प्रत्येक दुई महिनामा गरिने निरीक्षण अन्तर्गत आज रम्फूमा स़ञ्चालित मध्य भारत पावर कर्पोरेशन लिमिटेडको कार्यालय निरीक्षण गरियो। निरीक्षणको उद्देश्य जनता र उनीहरूको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ जलविद्युत आयोजनामा सुरक्षा प्रोटोकलहरूको प्रभावकारिता मूल्याङ्कन गर्नु थियो। जलविद्युत केन्द्रहरूमा सम्भावित खतराहरू पहिचान गर्नु र सुरक्षा संयन्त्रहरूको मूल्याङ्कन गर्नुका साथै जनताको सुरक्षालाई अभिवृद्धि गर्न सावधानीहरू सुझाव दिनु अर्को उद्देश्य रहेको थियो। कार्यहरूको पनि समीक्षा गरेको थियो। निरीक्षण टोलीलमा जलस्रोत विभागका वरिष्ठ अभियन्ता डीबी सुब्बा, महकुमा अधिकारी थेन्डुप लेप्चा, डीई पानु हाङमा खेवा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापालले मेसिनहरूको कार्यक्षमता र यसको काम गर्ने प्रक्रियाको बारेमा जानकारी लिए। विशेष गरे सुरक्षा उपायहरू सही रूपमा कार्यान्वयन भइरहेको सुनिश्चित भएको छ की छैन भन्नेबारेमा उनले कम्पनीसँग वास्तविकताको रिपोर्ट मागे। उनले सम्भावित जोखिमका बारेमा जनतालाई सचेत गराउन र स्थानीय निकायसँगको सहकार्यमा जनचेतना कार्यक्रमको विकास गर्नु पर्नेमा जोड दिए। यसका साथै उनले सुरक्षा उपायहरू प्रवर्द्धन गर्न विभिन्न क्षेत्रहरूमा स्पष्ट साइनेज स्थापना गर्न आवश्यकतामाथि प्रकाश पारे।