गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतमा आज सम्मान भवनमा राष्ट्रीय राजमार्ग अनि पूर्वाधार विकास निगम लिमिटेड, सडक सीमा संगठन र पावर ग्रीड कर्पोरेशनका प्रतिनिधिहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर गत केही दिन अघिदेखि निरन्तर परेको पानीले र राज्यलाई असर पुऱ्याएको भूमि समस्याहरू समाधान गर्नेबारेमा छलफल गरे। बैठकमा मुख्यमन्त्री तामाङले भूमि अधिग्रहण, क्षतिपूर्ति र विवाद लगायतका विभिन्न क्षेत्रमा सडक तथा राजमार्गको विकास लगायतका विषयमा विस्तृत जानकारी लिए। विशेष गरे सभामा मुख्यमन्त्रीले क्षतिपूर्ति प्रदान गर्ने प्रक्रियालाई सुव्यवस्थित गर्न सम्भावित समाधानहरू खोज्नु र परियोजनाको प्रगतिलाई सुस्त पार्ने विशेष मुद्दाहरूको जाँच गरेको र विवादहरूलाई प्रभावकारी रूपमा मध्यस्थता गर्ने रणनीतिहरू छलफल गरेको बताए। सरकारले जमीनका मालिकहरूलाई सम्मान गर्दै पूर्वाधार विकासमा सहजीकरण गर्न संलग्न निकायहरू र विभिन्न लाइन विभागहरू बीचको सहकार्यको महत्त्वलाई जोड दिए। यसका साथै आएको गुनासोहरू समाधान गर्न एकीकृत दृष्टिकोणको सुझाव दिए।
सभामा मुख्य सचिव, डीजीपी, विभिन्न लाइन विभागका सचिवहरू, जिल्लापाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।