गेजिङमा स्वच्छता ही सेवा अभियानबारे समन्वय सभा

IMG-20240927-WA0329

गेजिङ: स्वच्छता ही सेवा अभियानबारे आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता गेजिङ जिल्लाकी अतिरिक्त जिल्लापाल (मुख्य कार्यालय) रजनी शर्माले गरेकी थिइन् भने सभामा महकुमा अधिकारी पुल्कित लगायत विभिन्न विद्यालयका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। सभामा अतिरिक्त जिल्लापाल रजनी शर्माले स्वच्छता ही सेवा अभियानको मुख्य उद्देश्य र अहिलेसम्मको गतिविधिबारे जानकारी गराइन्। उनले प्रत्येक विद्यालयहरूले यस अभियानलाई पालन गर्नु पर्ने विषयमा छलफल गरिन्। यसका साथै उनले विद्यालयहरूले यस वर्षको स्वच्छता ही सेवा कार्यक्रमलाई अझ भव्यरूपमा सफल तुल्याउनको निम्ति नयाँ विचारहरू प्रस्तुत गर्नुपर्ने आग्रह गरिन्। सोही क्रममा महकुमा अधिकारी पुल्कितले स्वच्छता ही सेवा” भन्ने नारालाई पछ्याउँदै सामुदायिक सहभागिता मार्फत सरसफाईबारेमा चेतना जगाउने अभियानको मुख्य लक्ष्य रहेको बताए। यस अभियानको माध्यमद्वारा वातावरणीय र सांस्कृतिक सरसफाईको महत्वलाई उजागर गर्ने उनको भनाइ थियो। उनले सरकारी माध्यमिक तहका विद्यालयका प्रधानाध्यापक र निजी विद्यालयका प्रधानाध्यापकहरुलाई सचेतना प्रवर्द्धन र रोकथामका उपायहरु लागू गर्न सक्रिय रुपमा लाग्न आग्रह गरे। साथै, उनले आफ्ना साथीहरूलाई सरसफाइ मार्गदर्शन गर्न दुई वा तीन जना सक्षम विद्यार्थीहरूलाई नेताको रूपमा नियुक्त गर्न सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement