आरजी कर दुष्कर्म-हत्याको विरोधमा जुनियर डाक्टरहरूले २ अक्टोबरमा ठूलो जुलुस निकाल्ने

00-1-RG-Kar-Hospital-10

कोलकाता: पश्चिम बंगालका जुनियर डाक्टरहरूले २ अक्टोबरमा कोलकातामा ठूलो जुलुस आयोजना गर्ने घोषणा गरेका छन्l जसमा उनीहरूले आरजी कर मेडिकल कलेज एवं अस्पतालमा दुष्कर्म र हत्या गरिएका डाक्टरलाई न्यायको माग गर्नेछन्। जुनियर डाक्टर देवाशिष हल्दारले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुनुअघि २९ सेप्टेम्बरमा राज्यभर विरोध जुलुस गर्ने बताए। जुलुस कलेज स्क्वायरदेखि एस्प्लेनेडसम्म निस्केर जनसभामा समापन हुनेछ। सम्मेलनमा वरिष्ठ तथा जुनियर चिकित्सकका साथै विभिन्न क्षेत्रका बुद्धिजीवीहरुको सहभागिता रहनेछ। यसअघि धेरै ठाउँमा आमसभा आयोजना गर्न अनुमति नपाएको आयोजकले बताए। ९ अगस्तमा आरजी कर मेडिकल कलेजको सेमिनार हलमा डाक्टरको शव भेटिएपछि जुनियर डाक्टरहरूले काम बन्द गरेका थिए। घटनाको अनुसन्धान गरिरहेको सीबीआईले अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोष र ताला पुलिस चौकीका अधिकृत अभिजित मण्डललाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement