महान अनिल कुम्बलेलाई पछि छोड़्न सफल अश्विन

IMG-20240927-WA0304

कानपुर: अनुभवी अफ् स्पिनर रविचन्द्रन अश्विनले रातो बलको साथ आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै शुक्रवारदेखि शुरु दोस्रो टेस्टमा बंग्लादेशका कप्तान नाजमुल हुसैन शान्तोलाई आउट गरे। यस विकेटको साथै अश्विनले एउटा असाधारण उपलब्धि हासिल गरे। यो उनको एशियामा टेस्ट क्रिकेटमा ४२०औं विकेट थियो। यसको साथै उनले महान लेग स्पिनर अनिल कुम्बलेको रेकर्ड तोड़े। कुम्बलेले आफ्नो करियरमा एशियामा ८२ वटा टेस्ट म्याच खेलेर ४१९ विकेट लिएका थिए। एशियामा सर्वाधिक विकेट लिने बलरहरूका सूचीमा अश्विन अहिले दोस्रो स्थानमा पुगेका छन्। यस सूचीमा श्रीलंकाका महान अफ् स्पिनर मुथैला मुरलीधरण शीर्ष स्थानमा रहेका छन्। मुरलीधरणको नाममा एशियाई पीचहरूमा ६१२ विकेट रहेको छ। यसरी अश्विन अहिले टेस्ट क्रिकेटमा सर्वाधिक विकेट हासिल गर्नेहरूका सूचीमा ५२३ विकेटको साथ आठौं स्थानमा रहेका छन्। यसरी नागपुर टेस्टमा उनीसँग अष्ट्रेलियाई स्पिनर न्थायन लियोनलाई पछि छोड़्ने मौका रहनेछ। लियोनलाई पछि छोड़्न उनलाई अहिले केवल ८ विकेटको आवश्यकता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement