चियाबारी श्रमिकहरूलो बीस प्रतिशत बोनस पाउनु पर्ने मांग गर्दै भागोप्रमो खरसाङ महकुमा समितिद्वारा महकुमा शासकमार्फत् जिल्लापाललाई ज्ञापन

IMG-20240927-WA0308

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिद्वारा चिया बगानका सम्पूर्ण श्रमिकवर्गले बीस प्रतिशत गरेर नै बोनस पाएको हुनुपर्छ भन्दै खरसाड महकुमा अधिकारीमार्फत जिल्लाशासक समक्ष डेपुटेशन (अर्जी पत्र) चढाएका छन्। भागोप्रमोले चियाबारी श्रमिकहरूको अधिकार नै हो कि हाम्रो आमा दिदी बहिनीहरूले दैनिक रूपमा स्याहार सुसार गरेर विश्व बजारमा दार्जिलिङ चिया प्रसिद्ध बनाई जुन मूल्य मालिक पक्षहरू उपभोग गरिरहेका छन् त्यही चियाबगान स्याहार्ने चिया बनाउने श्रमिकवर्गमा आफ्नो पाउन पर्ने अधिकारदेखि अल्मल्याउने कार्य गरिरहेका छन् जसको घोर विरोध गर्दै जिल्लापाल समक्षसम्म ज्ञाुन दिएको बताएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको पदाधिकारीहरूलो खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकलाई उनकै कार्यालयमा भेटेर चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस पाउनुपर्छ भन्ने मांगमा ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्र महकुमा शासकमार्फत् जिल्ला शासकलाई पठाएको र जिल्ला शासकले हस्तक्षेप गरेर चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस पाउनु पर्ने मांग गरिएको बताइएको छ। आजको ज्ञापन दिनमा भागोप्रमो खरसाङ महकुमा अध्यक्ष सुवास प्रधान, उपाध्यक्ष शंकर राउत, प्रचार प्रसार सचिव दिपेन सेवा, खरसाड टाउन कमिटीको अध्यक्ष राजु शर्मा, कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव विरवल पाखरिन उपस्थित रहेका थिए। उक्त ज्ञापन पत्र बुझाउने कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आज भागोप्रमो खरसाङ महकुमा समितिको प्रतिनिधि टोलीले खरसाङ महकुमा शासकलाई ज्ञापन दिएपछि उनीमार्फत् जिल्ला शासकलाई पठाइएको र जिल्ला शासकले बोनस विषयमा हस्तक्षेप गरेर चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस पाउनुपर्छ भनी मांग गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement