खरसाङ: विश्व पर्यटन दिवस दिवसलाई केन्द्र गरेर खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनद्वारा विश्व पर्यटन दिवस पालन गरिएको छ। उक्त कार्यक्रम डेबिस प्राईमेरी स्कूल, खरसाङमा अयोजना गरियो। विधान गुरूङले सञ्चालन गरेको कार्यक्रम किशोर सिहंको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीए, टुरिजम विभागका एमओडी सभासद नुरी शेर्पा उपस्थित थिए भने डीएफओ, खरसाङ दिबेस पाण्डे, डीएफओ डेपुटी डाईरेक्टर ग्याचोला यल्मो, सभासद श्याम शेर्पा, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ अनि संस्थाका सदस्यहरू उपस्थित रहेका थिए। यस कार्यक्रममा खरसाङलाई कसरी पर्यटन उद्योगमा विकास गराउने भन्ने विषयहरूमा चर्चा-परिचर्चा भएको छ। यस कार्यक्रममा सभासद नुरी शेर्पाले जीटीए विभागद्वारा खरसाङ वरिपरि पर्यटन विकासलाई बढावा दिन विभिन्न कार्यहरू भईरहेको जानकारी गराए भने खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीले खरसाङमा पर्यटन उद्योगसित जुडिएका संस्थाहरू एकवध्द रूपमा सञ्चालन भए कतिपय सरकारी कार्यहरू गर्न सजिलो हुने बताएकी छिन्। यसका साथै कार्यक्रममा उपस्थित अतिथि अनि अन्यले खरसाङमा पर्यटन उद्योगलाई कसरी विकास गर्ने भन्ने विषयमा आ-आफ्नो विचार राखेका थिए।

कार्यक्रमको आयोजनाबारे संस्थाका सदस्यद्वय राजु गुरूङ अनि प्रज्ज्वल प्रधानले यसरी थप जानकारी दिएका छन्।