सिलगढी: सिलगढीमा बिहारका दुई युवाको कथित कुटपिट र आफूलाई आईबी अफिसर भनिने अभियुक्तको घटनाले पश्चिम बंगालको कानून र व्यवस्थामाथि भाजपाका नेता सुभेन्दु अधिकारीले प्रश्न उठाएका छन्l उनले घटनाप्रति कडा प्रतिक्रिया दिँदै नक्कली पुलिस र अधिकृतको समस्या बंगालमा नौलो नभएको बताए। कोभिड-१९ को समयमा राज्यमा नक्कली खोपको केस प्रकाशमा आएको भन्ने कुरा पनि सुभेन्दु अधिकारीले अधिकारीले यो पनि स्मरण गराएl उनले भने, ‘यस्ता घटनाले शान्ति सुरक्षामा चुनौती मात्रै नभई राज्यको सुरक्षा र प्रशासनिक प्रणालीमा पनि प्रश्न खडा गरेको छ।‘ उनले यस्ता नक्कली अधिकारीलाई कडा कारबाही गरी नागरिकको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।