मिरिकको बुङकुलुङमा विश्व पर्यटन दिवस पालन

IMG-20240927-WA0277

मिरिक: मिरिक राङभाङ भेल्ली हाेमस्टे सञ्चालक समितिले बुङकुलुङ मैना समाज भवनमा विश्व पर्यटन दिवस पालन गरेको छ। समितिका अध्यक्ष सुनिल प्रधानकाे अध्यक्षता अनि छाेदेन पाख्रिनकाे सञ्चालनमा पालन गरिएकाे विश्व पर्यटन दिवस कार्यक्रममा मिरिक थर्बु डुप्टिन समष्टिको सभासद मिलेस राई, पूर्व सभासद फूबी राई, मिरिक पञ्चायत समितिका अध्यक्ष कैलास खवास, पञ्चायत समिति सदस्यहरू आदित्य प्रधान, मन्दीप तामाङ, मिरिक बामन पाेखरीका रेञ्जर अफिसर सिद्धार्थ गुरूङ, समाजिक कार्यकर्ताहरू बीबी लिम्बू, एनबी लिम्बू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। प्रमुख अतिथि, विशिष्ट अतिथिहरू अनि उपस्थित सबैलाई संगठनका सचिव कल्याण राईले स्वागत जनाएपछि झण्डा उत्ताेलन गरियाे। नयाँ सदस्यहरूलाई संगठनमा स्वागत जनाएपछि शुरू भएकाे कार्यक्रममार्फत् अश्वनी तामाङले विश्व पर्यटन दिवसकाे महत्त्वबारे विस्तृत जानकारी गराए। कार्यक्रममा विभिन्न जातीय नृत्य अनि गीतहरू प्रस्तुत गरेपछि सामाजिक कार्यकर्ता बीबी सुब्बाले सम्बाेधन गर्दै ग्रामीण पर्यटनकाे विकास र विस्तारमा जाेर दिए। कार्यक्रममा मिरिकका धावक प्रशान्त राेपाललाई दाैड प्रतियोगितामा भाग लिन उत्साह प्रदान गर्दै संगठनकाे पक्षबाट पाँच हजार रूपियाँ प्रदान गरेर सम्मान गरियाे भने विभिन्न क्षेत्रमा याेगदान दिनेहरूबीबी लिम्बू, ए नबी लिम्बू, अन्सु राई, जयकुमार सुब्बा, बिशाखा सुब्बा, दीलमाया लिम्बू , कल्पना सुब्बा, राजेन्द्र राई, पवन सुब्बा, नीरा सुब्बा, बीबीमाया सुब्बा आदिलाई स्मृति चिन्ह अनि अङ्गवस्त्र प्रदान गरेर सम्मानित गरियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement