मिरिक: तीन दिनदेखि लगतार परिरहेकाे मुसलधार वर्षाले मिरिकमा क्षति गरेकाे छ। लगतार परिरहेकाे वर्षाले मिरिक महकुमा अन्तर्गत थर्बु निम्न प्रान्त पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायात दुई अन्तर्गत बहादुर गाउँ निवासी नेवाङ राईको घर पैह्रोको चपेटमा परी क्षतिग्रस्त भएको छ। घरको कतिपय भाग पूर्ण रुपले क्षतिग्रस्त भएको छ भने कुनै ज्यानको क्षति नभएको खबर प्राप्त भएको छ। घटना बिहीबार राती १२ बजी भएको बताइएकाे छ। घटनाकाे सूचना पाएर ग्राम पञ्चायतका निर्वाचित सदस्यहरू स्थलगत भ्रमणमा गई वस्तुस्थिति बुझ्न साथै प्राथमिक तहकाे राहत सामाग्री प्रदान गरेकाे जानकारी प्राप्त भएकाे छ।