कोसी ब्यारेजमा खसेको बसबाट यात्रुहरुको उद्धार

IMG-20240927-WA0271

भद्रपुर: कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ। विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।बसमा सवार यात्रु र चालक तथा सहचालक गरी १६ जनाको स्थानीय बासिन्दाहरु र सुरक्षाकर्मीले उद्दार गरेका थिए। बस कोसीमा खस्दाका बेला व्यारेज को ३५ र ३६ नम्बर ढोका बन्द रहेको र सो ढोकाको तलको अवस्थामा पानीको बहाव नभई बालुवा थुप्रिएका कारण बसका यात्रु सकुशल निकाल्न सकिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement