वर्षा वाधित दोस्रो टेस्टको पहिलो दिन बंग्लादेशको ३ विकेटमा १०७ रन

IMG-20240927-WA0265

नागपुर: भारत र बंग्लादेशबीच आजदेखि यहाँको ग्रीन पार्क स्टेडियममा शुरु भएको सीरीजको दोस्रो तथा अन्तिम टेस्ट म्याचको पहिलो दिन वर्षाले गर्दा केवल ३५ ओभरको खेल हुन सक्यो। शुक्रवार बिहानदेखि नै वर्षाले गर्दा म्याच ढिलो गरी शुरु भयो। त्यसपछि फेरि वर्षा हुँदा पहिलो दिनको खेल समाप्त घोषित गरियो। बंग्लादेशले टस हारेर पहिला ब्याटिंग गर्दै पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेट गुमाएर १०७ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म मोमिनुल हक ४० र मुश्फिकुर रहीम ६ रनमा अविजित थिए। मोमिनुलले ८१ बल खेलेर ७ वटा चौका लगाइसकेका छन्। भारतीय बलरहरूमा आज आकाश दीपले २ र रविचन्द्रन अश्विनले १ विकेट हासिल गरे। बंग्लादेशको पहिलो ईनिंग्समा आज शुरुवात खराब रह्यो अनि ओपनर जाकिर हसन २४ बल खेलेर खाता पनि नखोली आकाश दीपको शिकार बने। त्यसको लगत्तै पछि आकाश दीपले अन्य ओपनर शादमान इस्लामलाई पनि आउट गर्दा बंग्लादेशको स्कोर २ विकेटमा २९ रन भयो। शादमानले २४ रन बनाए। यसरी दुवै ओपनरलाई गुमाएपछि मामिनुलले कप्तान नाजमुल होसेन शान्तोसँग मिलेर साझेदारी गर्ने प्रयास गरे। यी दुईजनाले मिलेर स्कोरलाई ८० रनसम्म पुऱ्याए। असल फर्ममा देखिएको शान्तो फेरि विकेटमा सेट भएपछि आउट भए। उनलाई अश्विनले आउट गरे। शान्तोले ३१ रनको योगदान दिए। त्यसपछि मोमिनुल र मुश्फिकुरले मिलेर वर्षाले खेल रोकिँदासम्म लड़ाइँ जारी राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement