५६ जिल्लामा भारी वर्षाको कारण रेड एलर्ट जारीआगामि रविवारसम्म भारीे वर्षाको सम्भावना

IMG-20240927-WA0251

भद्रपुर: झापा सहित ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभागले गुरुबारदेखि मौसम पुनः सक्रिय भएकोे बताएको छ। बुधवार रातीदेखि भईरहेको वर्षा आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले गरेको हो।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा भारी वर्षा प्रक्षेपण गरिएको हो।
हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
सुनसरी,झापा,मोरंग जिल्लामा बुधवार रातीदेखि शुक्रबार अवेरसम्म निरन्तर झरी वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण सप्तकोशी नदीदेखि यहाँका प्रमुख नदीहरु सुनसरी, सेउती, बुढी, लोहन्द्रा, माई लगायतका खोलाहरुको बहाव बढेर गएको छ। यस्तै स्थिति कायम रहे जिल्लाका अधिकांश खोलानालाहरुको बहाव खतराको स्तरसम्म पुग्ने स्थिति देखिएको छ। निरन्तरको वर्षाका कारण मानिसहरुको आवतजावत कम भएको छ भने मानिसहरुमा दशैंको मुखमा बाढीको चिन्ताले सताएको छ। लामो समयदेखि वर्षा नहुँदा किसानहरुले तत्कालको लागि राहत महसुस गरेपनि धान फूल लाग्ने बेला भएकोले यो वर्षा आइतवारसम्म कायम रहे त्यसले धानबालीमा समेत क्षति पु¥याउन सक्ने चिन्तामा किसानहरु देखिन्छन्। खडेरीले समस्यामा पारेको धानबाली अतिबृष्टिले कतै अझै समस्यामा पार्ने त होइन भन्नेमा चिन्तित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement